आज:  | Sat, 20, Apr, 2024

यहि बुधबार खुकुरी च्यालेन्जर टी ट्वान्टि क्रिकेट प्रतियोगिता हुने भएको छ

२०७४, ७ माघ आईतवार १२:२६ मा प्रकाशित ( ६ साल अघि) ३४६२४ पाठक संख्या

२४ दिन सम्म चल्ने प्रतियोगितामा कुल २० टोलीको सहभागीता रहने छ । सहभागी टिमलाइ चार समुहमा बिभाजन गरिएको छ । एक समुहमा कुल पाँच टोली रहने छन् । लिग कम नकआउट आधरमा खेलाइने प्रतियोगितामा समुह चरण प्रत्येक टोलीले एक अर्कासग खेल्नछन र समुहका शिर्ष दुइ टिम क्वाटर फाइनलमा प्रवेश गर्ने छ । समुह चरण र क्वाटर फाइनल सम्मको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ भने सेमी फाइनल र फाइनल खेलहरु भने किर्तीपुरमाहुनेछ ।

कुल ४७ वटा खेल हुने प्रतियोगिताको विजेताले तीन लाख उपविजेताले एक लाख पाउने छ ।

प्रतियोगितामा सहभागी टिमहरु

समूह ‘ए’ – काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी), अल्टिमेड इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब र मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ – आइओई पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब र त्रिमुर्ति व्वाइज

समूह ‘सी’ – ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए), आइओई थापाथली, नेपाल क्रिकेट स्कुल र त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ – टिकापुर क्रिकेट, रौतहट–११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट व्वाइज इन्टर र ड्रिक्ट्रिक्स क्रिकेट क्लब

खबर एक्सप्रेस