आज:  | Wed, 17, Apr, 2024

केपी ओली र मोदीको साठ् गॉठ्….

२०७४, ७ माघ आईतवार १४:१५ मा प्रकाशित ( ६ साल अघि) ३४५५७ पाठक संख्या

Aku chinta_ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ ।

अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिनुभएको बताइएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ ।अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गर्नुभएको थियो ।

https://m.facebook.com/dudhkodudhpanikopani/

 

 

खबर एक्सप्रेस