आज:  | Mon, 25, Sep, 2023

बुढानिलकण्ठ बाट रंगेहात ४ जना पक्राउ…

२०७४, ७ माघ आईतवार १५:४३ मा प्रकाशित ( ५ साल अघि) ३४७०५ पाठक संख्या

 

७ माघ – aku chinta_ नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित चारजनालाई पक्राउ गरेको छ ।
ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आज पक्राउ गरेको हो ।
पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम अपराध गरेको भन्दै कानूनी कारबाहीका लागि आजै जिल्ला वन कार्यालय हात्तिसार पठाएको ब्यूरोले जनाएको छ ।
अवैधरुपमा वन्यजन्तु ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।

खबर एक्सप्रेस