आज:  | Sat, 25, Mar, 2023

नेपाली राष्ट्रिय क्रिकेट टिममा सफलदायिक परिवर्तन

२०७४, ७ माघ आईतवार १६:४० मा प्रकाशित ( ५ साल अघि) ३१५०८ पाठक संख्या

राष्ट्रिय क्रिकेट टिमको अाइसिसि विश्व क्रिकेट लिगमा देखियो सकारात्मक परिवर्तन।टिममा रहेका सागर पुन,बिनोद भण्डारी र महबुव अालम पछिलेलो पटक खराब फर्ममा भएकाले युवा खेलाडी रोहित पौडेल,सुनिल धमला र अनिल कुमार शाहले स्थान पाईसकेका छन्।प्रशिक्षण भने भोलिबाटै सुरु हुनेछ।

प्ररिक्षक जगत टमाटाले अाइसिसिको स्विकृतीमा नाबियामा हुन लागेको प्रतियोगिताको लागि २२ खेलाडीबाट पहिलो चरणको क्याम्प सुरु गर्दैछन्।जसमा बारम्बार ब्याटिङमा असफल भएका सागर पुन र बिनोद भण्डारी फालिएका छन्।यसरिनै महबुव अालमलाई पनि स्थान दिइएको छैन।

सागर र बिनोदलाई विश्व क्रिकेट लिगमा धेरै पटक मौका दिइएको थियो तर उनिहरुले अाफ्नो फर्म सुधार गर्न सकेका थिएनन्।यूएइ विरुध्दको खेलमा दुबै खेलाडीलाई अन्टिम् पटक मौका दिइएको थियो तर त्यहा पनि दुबै असफल भएका थिए।जसमा अालमले भने स्वास्थ समस्या देखाउदै नाम फिर्ता लिएका थिए।

त्यसैगरी काठमाडौंमा भएको एभरेष्ट प्रिमिएर लिगमा पनि सागर र बिनोदको खेल खराब थियो भने महबुवको प्रदर्शन पनि अौशत रहेको थियो।त्यसैले अब यि खेलाडीहरुको ठाउँमा रोहित पौडेल, सुनिल धमला र अनिल कुमार शाह अाएका छन्।[tps_title][/tps_title]

खबर एक्सप्रेस