आज:  | Sat, 25, Mar, 2023

नेपाली भुमिमा गिद्दे ऑखा लगाउने भारात बिरुद्द मैदानमा उत्रियो अखिल क्रान्तिकारी…

२०७४, ७ माघ आईतवार १७:३७ मा प्रकाशित ( ५ साल अघि) ३०३१८ पाठक संख्या

Aku chinta_ पर्सामा नेपाली भूमि मिचिएको भन्दै अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले संयुक्तरुपमा विरोध जनाएका छन् ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामा र अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले आज संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ स्थित छपकैयाको स्तम्भ नं ३९१ देखि ३९३ सम्म १३८ फिटको दरले तीन किलोमिटरसम्म नेपाली सीमा मिचिएको उल्लेख छ ।

नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमामा भारतीय पक्षबाट पटकपटक सीमा मिचिएको भन्दै तत्काल सीमा व्यवस्थापन गर्न दुवै विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन् ।

सीमा समस्याको स्थायी समाधान खोज्न आग्रह गर्दै उनीहरुले ऐतिहासिक आधार, भूमिको भोगचलनलगायतका आधारमा सत्यतथ्य पत्ता लगाउनसमेत माग गरेका छन् ।

अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले सीमा मिचिएको स्थानको आज स्थलगत अवलोकनसमेत गरेका छन् । स्थलगत अवलोकनमा दुवै संगठनका अध्यक्ष एवं अन्य केन्द्रीय नेतृत्वको समेत सहभागिता रहेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

खबर एक्सप्रेस