आज:  | Thu, 28, Mar, 2024

अमेरिकामा नेपालीलाई गोली हानी हत्या..

२०७४, ८ माघ सोमबार ०२:३९ मा प्रकाशित ( ६ साल अघि) ३३४२५ पाठक संख्या

अमेरिकाको टेक्सस राज्यको गारल्याण्ड शहर स्थित एक्जोन इन्धन चौकी सर्वसुलभ पसलमा एक नेपालीलाई लुटेराले गोली प्रहार गरि हत्या गरेका छन् । टेक्सस राज्यको ड्यालस शहर को उत्तर पूर्व स्थित तथा ड्यालस फोर्ट वर्थ मेट्रो प्लेक्स को एक भाग रहेको उक्त शहरमा गत जनवरी २० तारिख राती २ जना लुटेराहरु संग भिडन्त हुँदा उनीहरुले गोली प्रहार गरि हत्या गरेका कुरा गारल्याण्ड प्रहरीले जनाएको छ ।

एक्जोन सर्व सुलभ पसलमा उक्त घटना भए पछि नजिक प्रहरीलाई मध्यरात हुनु अगाडी खबर एक पैदल यात्रीले खबर गरेका थिए । उक्त पसलमा जडान गरिएको श्रव्य दृश्यको अवलोकन पश्च्यात दुई जना अमेरिकन अफ्रिकन लुटेरा पसेर काम गर्ने कार्य सहायक (क्लर्क) ३५ बर्षिय मनिष पाण्डेलाई गोली प्रहार गरि हत्या गरेका थिए ।
संदिग्ध दुवै लुटेराहरुको हुलिया मध्ये एक को ६ फिट तथा दोश्रो ५ फिट ९ इन्च उचाई रहेको र दुवैले टाउको सम्म छोप्ने ज्यालेट(अंगिका)लगाएका थिए | लुटेरा तथा हत्याराहरुको सूचना दिने लाई ५ हजार डलर को पुरस्कार दिने घोषणा गरको ड्यालस न्युज डटकमले लेखेको छ |

खबर एक्सप्रेस