आज:  | Thu, 18, Apr, 2024

आजको राशिफल

२०७४, ८ माघ सोमबार ०३:१० मा प्रकाशित ( ६ साल अघि) ४१८७४ पाठक संख्या

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीको स्रोत फेला पर्नेछ । आलस्यता बढ्नेछ । शत्रु सक्रिय रहनेछन् । हर्ष बढ्नेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । बुद्धि बढ्नेछ ।

 

वृष
इ उ ए ओ वा वी वु वे वो
राजनीतिक कार्यमा प्रगति हुनेछ । वैदेशिक यात्रा हुन सक्छ । बौद्धिक वर्गबाट सम्मान प्राप्त हुनेछ । औद्योगिक कार्यका सफलता मिल्नेछ ।

 

मिथुन
का कि कु घ ङ छ के को हा
प्राविधिक कार्य सफल हुनेछन् । शैक्षिक क्षेत्रको लगानीबाट लाभ मिल्नेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । मानसिक चञ्चलता बढ्नेछ ।

 

कर्कट
ही हु हे हो डा डि डु डे डो
धार्मिक यात्राको योग छ । सामाजिक पद, प्रतिष्ठा प्राप्त हुनेछ । अधुरा कार्य पूरा हुनेछन् । दैनिक कार्यमा गतिरोध उत्पन्न हुनेछ ।

 

सिंह
मा मि मू मे मो टा टी टु टे
आकस्मिक धनलाभ हुन सक्छ । मान्यजनको सहयोगले ठूला कार्य सुचारु हुनेछन् । सञ्चित धन खर्च हुनेछ । प्राविधिक कार्य सफल रहनेछन् ।

 

कन्या
टो प पी पु ष ण ठ पे मो
राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । आलस्यता बढ्नेछ । मित्रको सहयोगले महŒवपूर्ण कार्य सफल हुनेछन् ।

 

तुला
र री रु रे रो ता ती तू ते
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । मित्रहरूको सहयोग प्राप्त हुनेछ ।

 

वृश्चिक
तो ना नी नू ने नो या यि यु
रोजगारको अवसर मिल्नेछ । मानसिक चिन्ता बढ्नेछ । कर्मप्रति निष्ठा बढ्नेछ । मित्रको सहयोगले महŒवपूर्ण कार्य सफल हुनेछन् । हर्ष बढ्नेछ ।

 

धनु
य यो भा भी भू ध फा ढ भे
अवरुद्ध कार्य सुचारु हुनेछन् । शैक्षिक कार्यमा लाभ मिल्नेछ । प्रशासनिक क्षेत्रमा आंशिक सफलता प्राप्त होला । राजनीतिक व्यस्तता बढ्नेछ ।

 

मकर
जो जा जी खी खू खे खो गा गी
शारीरिक आलस्यता बढ्नेछ । नयाँ मित्र बन्नेछन् । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । नेतृत्व क्षमता बढ्नेछ । कूटनीतिक कार्य सफल हुनेछ

 

कुम्भ
गू गे गो सा सी सु से सो द
शिरको पीडा बढ्नेछ । आम्दानीका स्रोतमा कमी आउनेछ । हराएको धन प्राप्ति हुनेछ । संकट सामना गर्नु पर्नेछ । प्राज्ञिक क्षेत्रमा उन्नति हुनेछ ।

 

मीन
दि दू थ भ ञ दे दो चा ची
शारीरिक सुन्दरता बढ्नेछ । ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ । वैदेशिक यात्रा हुनेछ । सामाजिक कार्य हुनेछन् । धन आर्जन हुनेछ ।

खबर एक्सप्रेस