Aku chinta -बलिउड निर्माता तथा निर्देशक रामगोपाल बर्मा विवादित ट्विटका कारण चर्चामा छन् । उनले केही दिनअघि संसारमा स्त्रीको शरीरभन्दा सुन्दर कुनै चिज-वस्तु नभएको ट्विट गरेका थिए । बर्माको सो ट्विटप्रति फ्लोअर्स तथा दर्शकले अनेकथरीका टिप्पणी गरेका छन् ।
पछिल्ला वर्षमा कम बजेटका फिल्म बनाउँदै आएका बर्मा यौनलक्षित अभिव्यक्ति, स्टाटस तथा ट्विटमार्फत चर्चामा छाउने गरेका छन् । उनले केही वर्षपहिला फेसबुकले यौनझैँ आनन्द दिन्छ भन्ने अभिव्यक्ति दिएका थिए । नयाँ पत्रिकाले छापेको छ ।
त्यतिवेला पनि उनको निकै आलोचना भएको थियो । बर्मा अचेल नयाँ फिल्म ‘गड, सेक्स एन्ड ट्रुथ’को तयारीमा छन् । सो फिल्ममा उनले अमेरिकी पोर्न स्टार मिया मालकोवालाई हिरोइन लिएका छन् । बलिउडमा मिया र सनी गरी अब दुईटी पोर्न स्टार भएका छन् । गड, सेक्स एन्ड ट्रुथको हालै ट्रेलर सार्वजनिक गरियो । टे«लर अहिले इन्टरनेटमा भाइरल भएको छ ।