‘राजा रानी’ चलचित्रमा देखिएको केकी अधिकारी र नाजीर हुसेनलाई अब म्युजिक भिडियोमा देखिने भएको छ। काठमाडौंको हसनटारमा रहेको गुम्बामा बुद्ध थापाले सो म्युजिक भिडियो छायांकन गरेका छन्। विकास धमला सम्पादक रहेको उक्त म्युजिक भिडियोलाई ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्।
‘तिम्रो दिलको साम्राज्यमा’ बोलको म्युजिक भिडियोमा नाजिरलाई सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत गरिएको निर्देशक निकेश खड्का बताउँछन्। खड्का भन्छन्,”क्लासिकल नृत्य राम्रो रहेको नाजीरलाई क्लासिकल रोमान्टिक थीमको म्युजिक भिडियोमा ‘राजा रानी’ मा देखिएको केकी र नाजीरलाई भन्दा ठ्याक्कै उल्टो रूपमा प्रस्तुत गरेको छु। ईश्वर पोखरेलको शब्द रहेको सो गीत चाडैँ सार्वजनिक हुनेछ। यस गीतमा आन्नद राईको सँगीत र दावा लामाको शब्द रचना रहेको छ।