आज:  | Mon, 04, Dec, 2023

सी वो डब्लु ‘काउ’ पढ्दै रिमा बिश्वकर्मा र केकी अधिकारी

२०७४, ८ माघ सोमबार १०:४८ मा प्रकाशित ( ५ साल अघि) ३५३६२ पाठक संख्या

चलचित्र कोहलपुर एक्सप्रेस को  ‘सी वो डब्लु काउ’ बोलको गीत आज सोमबार युट्युब मार्फत हाइलाइट्स नेपाल च्यानलबाट सार्बजनिक गरिएको छ । राजनराज सिवाकोटी संगीत तथा शब्द रहेको उक्त गीत राजनराज सिवाकोटी र मेलिना राइले स्वर दिएका छन् ।

२०७५ साल नया बर्षलाइ रिलिज मिति तोकेको उक्त चलचित्रलाइ बिशाल भण्डारीले निर्देशन गरेका हुन्, अर्जुन तिवारीले खिचेको उक्त चलचित्रलाइ लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । केकी अधिकारीको निर्माणमा बनेको चलचित्रमा केकी अधिकारि, प्रियंका कार्की, रिचा शर्मा, बुद्धि तामांग, लगायतका कलाकारले अभिनय गरेका छन् । लोक शैलीमा बनेको गीत बिहीको मण्डपमा खिचिएको छ भने रीमा बिश्वकर्माको साथ् केकी अहिकारीले आफ्नो कम्मर हल्लाएका छन् ।

खबर एक्सप्रेस