आज:  | Wed, 27, Mar, 2024

माग्ने, जितु सहित बन्ने भयो राम कहानी

२०७४, ८ माघ सोमबार १४:४५ मा प्रकाशित ( ६ साल अघि) ३९३२४ पाठक संख्या

पूजा शर्मासंग मिलेर निर्देशक सुर्दशन थापाले निर्माण एवंनिर्देशन गर्न लागेको आगामी फिल्मको टाइँटल फाईनल भएको छ । यो टाइँटल फाईनल गर्नमा उनका कलाकार देखि लिएर स्क्रिप्टमा आवद्ध रहेका सदस्यहरुले सुझाएका थिए र सोही अनुरुप थापाले फिल्मको स्क्रिप्टलाई न्याय गर्ने गरी यो टाइँटल फाईनल गरेको बताईन्छ ।

उनको यो फिल्ममा कमेडी स्टारहरु माग्ने बुढा देखि लिएर जीतु नेपाल, वील्सन विक्रम राई,रविन्द्र झा सहित पूजा शर्मा लिडमा रहनेछिन् । पूर्ण रुपमा कमेडी जनरमा बन्ने यस फिल्मका लागि हिरो चाँहि अझै फाईनल गर्न सकेका छैनन् थापाले दिईएको जनकारी अनुसार नृत्य र अभिनय दुवैमा पोख्त रहेका कलाकार मात्रै यो फिल्मको हिरोको भूमिकामा अनुबन्ध हुन सक्ने छन् । यस्तै थापाका अनुसार रामकाहानीलाई आगमी बर्षको भदौ २२ गतेका दिन रिलिज गर्ने निर्णय पनि गरिएको छ ।

भदौ २२ महिलाहरुको महान चाड हरितालिका तीजको वीक हो त्यसकारण पनि भदौ २२ पश्चातका विदालाई समेत क्याश गर्ने गरी उनले फिल्मको रिलिज मिति तय गरेका हुन ।

हाल स्क्रिप्ट लेखनको अन्तिम चरणमा रहेका थापाले रामकहानीको छायाँकन आउँदो फाल्गुन १ गते देखि सुरु गर्दैछन् ।

खबर एक्सप्रेस