आज:  | Thu, 28, Sep, 2023

सरोजले नचाए धमलाको पत्नी एलिजालाइ

२०७४, ९ माघ मंगलवार ०५:५६ मा प्रकाशित ( ५ साल अघि) ३३८९६ पाठक संख्या

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ ।ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बोलको हाल छायाङ्कन भइरहेको छ ।

भिडियाको कोरियोग्राफी विक्रम स्वारले गरेका छन् । सत्यराज चौलागाईँको निर्देशन रहेको चलचित्र ‘अनुराग’मा एलिजाको अपोजिट समुन्द्र पण्डित छन् । साङ्गीतिक प्रेम कथामा तयार भएको चलचित्रलाई एरिका फिल्म्सको ब्यानरले निर्माण गरेको हो । चलचित्रमा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको सङ्गीत रहेको चलचित्रमा रामकुमार के.सीको छायाङ्कन छ ।

खबर एक्सप्रेस