आज:  | Sat, 25, Mar, 2023

अमेरिकामा ७.९ रेक्टर स्केलको भुकम्पक, सुनामीको शंकाले स्थानियलाई सतर्क रहन आग्रह ।

२०७४, ९ माघ मंगलवार १३:०१ मा प्रकाशित ( ५ साल अघि) २८०६० पाठक संख्या

सयुरक्त राज्य अमेरिकाको अलस्का राज्यको कोडियाक टापुलाई केन्द्रिविन्दु बनाई मंगलबार मध्यरातमा ७.९ रेक्टर स्केलको शक्तिशाली भुकम्प मापन गरिएको छ । भुकम्प पछि त्यहाँको स्थानिय प्रहरी प्रशासनले कोडियाकका नागरिकलाई सम्भावित सुनामीको कारण सतर्क रहन आग्रह गरेको छ ।

स्थानिय प्रहरी प्रशासनले भनेको छ, “प्रभावित श्रेत्रका बासिन्दाहरुले अग्लो स्थानमा शरण लिनु होला ।” त्यँहाका स्थानियहरुको टुईटरबाट प्राप्त जानकारी अनुसार कोडियाक श्रेत्रका बासिन्दाहरु मध्यरात मै सुरक्षित स्थान तर्फ स्तानन्तरण भैसकेका छन् ।

कोडियाक देखि करिब २५ सय माइल टाढा नर्थ प्यासेफिक ओसनमा रहेको हवाइमा समेत सुनामीको खतरा रहेको त्यहाँका मौसम अधिकारीहरुले जानकारी दिएका छन् ।
कोडियाकमा करिव ६ हजार र हवाईमा १४ लाख मानिसहरुको बसोबास रहेको छ ।

खबर एक्सप्रेस