दक्षिण अफ्रिकन ज्याज संगीतकर्मी ह्यू मासकेलाको ७८ वर्षको उमेरमा आज निधन भएको छ । मासकेलालाई दक्षिण अफ्रिकी ज्याज संगीतको पिता मान्ने गरिन्छ । विश्वका संगीत संवन्धी ज्ञान राखे जस्तो गर्ने र म विश्व संगीत संग सधै जानकार छु भन्ने कुनै पनि नेपाली पत्रकारले यस विषयमा जानकारी सम्म पाएनन् । विश्वका समाचार माध्यमहरुले उच्च प्राथामिकताका साथ मासकेलाको निधनको समाचार बाहिर ल्याउदै गर्दा नेपाली समाचार माध्यम र संगीत प्रेमी भने अनविज्ञ रहेका छन् ।
सन् १९७७ मा मासकेलाले लेखेको “स्वएटो व्लुज…” बोलको गीत रंग भेद विरोधी आन्दोलनको प्राय नै बनेको थियो । मासकेलाको निधनमा दक्षिण अफ्रिकी राष्ट्रपती जेकव जुमाले समेत विज्ञप्ती जारी गर्दै दु:ख व्यक्त गरेका छन् । उनले मासकेलाको निधनबाट देश र संगीत उधोगको लागि अपुरणिय क्षेती भएको बताएका छन् । स्वतन्त्रता प्राप्तीको योगदानमा मासकेलाले गरेको योगदान कहिल्यै विर्षन नसकिने जुमाको भनाई छ ।
२१ वर्षको उमेरमा दक्षिण अफ्रिका छाडेर ३० वर्षको निर्वासित जीवन विताउने गाएक मासकेला रंग भेद विरोधी नेता नेल्शन मण्डेलालाई कारागार मुक्त गरिए पछि मात्र स्वदेश फर्किएका थिए । सन् १९८६ मा उनले गाएको “बिरिङ् होम नेल्शन मण्डेला….” बोलको गीत मण्डेलाको रिहाईको माग गर्दै गरिएको आन्दोलनको मुख्य हिस्सा नै सावित भएको थियो ।
उनले सन् २०१० को जुन महिनामा दक्षिण अफ्रिकामा आयोजना गरिएको फिफा विश्वकप फुटवलको उद्घाटन समारोहमा सांगीतिक प्रस्तुती पनि दिएका थिए । मासकेलाको निधनलाई एक सांगीतीक युगको अन्त्य टप्पणी गरिएको छ ।