नेपाली टोलीको ब्याटिंग कोचको जिम्मा पाएका भारतिय मूलका सुलक्सन् कुलकर्णले आज त्रिभुवन क्रिकेट मैदानमा नेपाली टोलीको साथ् बिताए । उनले सो क्रममा नेपाली टोलीको तारिफ गरेका छन् । डिभिजन दुइका लागी नेपाल आएका कुलकर्णले मुख्यतया नेपाली टोलीका युवा खेलाडीको मुक्तकण्ठले प्रशंसा गरे ।
नेपाली खेलाडीको मेहनत, जोस जागर तथा खेलप्रतिको लगाव देखेर कुलकर्ण अति नै सन्तुस्ट भएका छन् । नेपाली टोलीको फिल्डिंगबाट पनि आफु निकै प्रभावित भएको उनले प्रतिक्रिया दिए । नेपाल जस्तो क्रिकेट को क्रेज भएको देशमा आउन पाउदा खुसी रहेको प्रत्रिक्रिया दिदै उनले भने “मलाई नेपाल आउन पाउदा निकै राम्रो लागेको छन्, यहाको समर्थकले क्रिकेटलाइ गरेको मायाले म प्रभावित छु । म नेपाल आएर आफ्नो अनुभब बाड्न पाउदा खुसि छु ।”
नेपाली ब्यटिंगको मुख्य समस्या नेपाली खेलाडीमा पर्याप्त अनुभव को कमि रहेको बताउदै कुलकर्णले भने “नेपाली ब्यटिंगमा अनुभबको खाचो छ, जुन तपाई जति म्याच खेल्नु हुन्छ तेती आउने कुरा हो । म यो भन्छु कि जति म्याच धेरै खेलिन्छ तेती ब्यटिंगमा सुधार आउछ ।”
डिभिजन दुइको लागि नेपालको तयारी राम्रो गतिमा गएको बताउदै कुलकर्ण भन्छन “हामि आशावादी छौ नेपालीले डिभिजन दुइमा राम्रो गर्नेछ । हाम्री यसका लागी निकै कडा मेहनत गरीरहेका छौ, हामिले ५ ओटा अभ्यास खेल समेत खेलीसकेका छौ, येस्तै नेट अभ्यास पनी चलीरहेको छ । सबै खेलाडीको खेल प्रतिको लगाव पनि निकै राम्रो छ ।”