राजेश शाहीको निर्माण , घनश्याम लामिछानेको निर्देशन रहेको चलचित्र ‘पन्चेबाजा’को ट्रेलर आज सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्रमा शौगात मल्ल, कर्मा , बुद्धि तामाङ ,जश्मिन श्रेष्ठ , बिमला गिरि , राजेश शाही आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ। चलचित्रमा संगीत काली प्रसाद बास्कोटा र बिकास चौधरीको रहेको छ भने कबिराज गहतराज को कोरियोग्राफी रहेको छ।
पन्चेबाजाको प्रदर्शन मिति भने फागुन ११ गतेलाइ तय गरेको छ।