‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।

‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको प्रमुख पात्र हो । फिल्ममा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
शेरबहादुरले आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाएका हुन्छन् । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था फिल्मले चित्रण गरेको छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।
‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो ।