आज:  | Mon, 25, Sep, 2023

क्यान इन्फोटेकमा प्रदिप खड्काको स्टल (भिडियो सहित)

२०७४, १६ माघ मंगलवार १२:४२ मा प्रकाशित ( ५ साल अघि) ३४१५२ पाठक संख्या

काठमाडौं – प्रदिप खड्का सहित चलचित्र ‘लिली बिली’ को टोली भृकुटीमण्डप स्थित नेपालको सबैभन्दा ठूलो प्राविधिक मेला ‘क्यान ईन्फो टेक’मा उपस्थित थिए।

प्रदिप खड्का अभिनित आगामी चलचित्र ‘लिली बिली’को प्रचारप्रसारका लागि क्यान इन्फोटेकमा टोली पुगेका थिए। ठूलो फ्यान संख्या रहेको अभिनेता प्रदिप खड्कालाई उँहाका फ्यानहरुले अटोग्राफ र फोटोका लागि पुरै घेरेका थिए।

सो दिन प्रदिप सँग भेटघाट मात्र नभई दर्शकका लागि एक कन्टेस्ट पनि सुरु गरिएको थियो। विभिन्न तरिकाहरूबाट एक लिफलेट जनता माझ पुर्याएको थियो सो लिफलेटमा एक लिली बिली अफिसियलको पेज रहेको हुनेछ र त्यसमा गएर आफ्नो नाम, ठेगाना र फोन नम्बर मेसेज गर्नु भयो भने चलचित्रको प्रिमियर देखि विभिन्न ईभेन्टहरुमा तपाईँलाई निमन्त्रण गरिनेछ।

प्रदिप भन्छन्, आफू प्रविधितिर पनि अपडेट हुन खोजिरहेको र साथै दर्शकहरुसँग पनि प्रत्यक्ष रूपमा अन्तरक्रिया हुने भएकोले क्यान ईन्फोटेकमा स्टल राखिएको हो।

मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ चैत्र ३० गते प्रदर्शनमा आउदै छ। ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ र अनुप विक्रम राई मुख्य भुमिकामा रहेका छन्।

खबर एक्सप्रेस