आज:  | Sat, 25, Mar, 2023

‘शत्रु गते’को नयाँ गीत सार्वजनिक

२०७४, १७ माघ बुधबार १०:४३ मा प्रकाशित ( ५ साल अघि) ३३२७९ पाठक संख्या

बहुप्रतिक्षित चलचित्र ‘शत्रु गते’को नयाँ गीत आज सार्वजनिक भएको छ। ‘पिरतीको बर्को’ बोल रहेको यो गीतमा युवा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको हाँसी खेली रोमान्स देखाइएको छ।

गायक काली प्रसाद बास्कोटाको स्वर रहेको यो गीतमा कम्पोज पनि उनी आफैले गरेका छन्। अर्जुन भट्टराई लिखित ‘पिरतीको बर्को’ गीत तथा प्रदिप भट्टराई निर्देशित भिडियो निकै रमाईलो ढङ्गमा प्रस्तुत गरिएको छ।

भिडियोमा पूरानो जवानाको प्रभाव देखिन्छ। पोषाकहरु देखि सबै, २० वर्ष अघिका फैसनहरुमा आधारित देखाइएको भिडियोमा, आँचल शर्मा र पल शाहबीच रोमान्स देखाइएको छ। हिट तथा सुमधुर स्वर दिँदै आइरहेको गाएक काली प्रसाद बास्कोटाको यो गीतले पनि तपाईँलाई कुनै निराशा दिने छैन।

चलचित्र ‘शत्रु गते’ चैत्र ९ गतेबाट प्रदर्शनमा आउने छ। दिपक राज गिरी, दिपा श्री निरौला, नरेन्द्र कंशकर, शिव हरी पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्य गरि कुल ६ जनाको लगानीमा बनेको चलचित्रमा हरि बंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपक राज गिरी, दिपा श्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा आदि जस्ता थुप्रै स्टारहरु अभिनित छन्। यसै कारणले पनि चलचित्र हिट हुने निश्चित जस्तो देखिन्छ।

खबर एक्सप्रेस