आज:  | Fri, 29, Mar, 2024

युटुबमा बारम्बार ट्रेन्डिङ नम्बर एकमा “सि वो डब्लु काउ”

२०७४, १८ माघ बिहीबार ०५:५१ मा प्रकाशित ( ६ साल अघि) ३४८५३ पाठक संख्या

चलचित्र ‘कोहोलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी–ओे–डब्लु काउ’ पुन एकपल्ट नेपालको युट्युब ट्रेन्डिङ नम्बर एकमा आएको छ । राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको गीतमा राजनराजको शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माको साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन् । सार्वजनिक भएको गीतलाई हाल सम्म युट्युबमा १४ लाख भन्दा बढीले हेरेका छन् । यस अघि ट्रेन्डिङ नम्बर एकमा आएको यो गीत केही समय तल झरेर पुन एकमा आएको हो ।

२०७५ साल नया बर्षलाइ रिलिज मिति तोकेको  चलचित्र कोहलपुर एक्स्प्रेस लाइ बिशाल भण्डारीले निर्देशन गरेका हुन्, अर्जुन तिवारीले खिचेको उक्त चलचित्रलाइ लोकेश बज्राचार्यले सम्पादन गरेका हुन । केकी अधिकारीको निर्माणमा बनेको चलचित्रमा केकी अधिकारि, प्रियंका कार्की, रिचा शर्मा, बुद्धि तामांग, लगायतका कलाकारले अभिनय गरेका छन् । लोक शैलीमा बनेको गीत बिहीको मण्डपमा खिचिएको छ भने रीमा बिश्वकर्माको साथ् केकी अहिकारीले आफ्नो कम्मर हल्लाएका छन् ।

खबर एक्सप्रेस