आज:  | Thu, 28, Sep, 2023

भ्यालेन्टाइनमा आयो सागर आलेको यस्तो गित (भिडियो हेर्नुस)

२०७४, १८ माघ बिहीबार ०९:३३ मा प्रकाशित ( ५ साल अघि) ३३९१४ पाठक संख्या

काठमाण्डौ। ‘नेपाल आइडल’बाट चर्चाको शिखरमा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलीज भएको छ ।

प्रेम दिवस नजिकिँदै गर्दा सागरको ‘मलाई किन तिम्रो माया’ बोलको प्रेममय गीत रिलीज गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

भिडियो:

खबर एक्सप्रेस