नेपाल आईडलबाट चिनिएको गायक सागर आलेको नयाँ गीत सार्वजनिक भएको छ। गीतको बोल ‘मलाई किन तिम्रो माया’ रहेको छ।
भ्यालेन्टाइन विशेष गीतमा सागर आले र सुमिना लोको स्वर रहेको छ। राज खड्काको शब्द रहेको गीतमा संगीत पनि उनकोआफ्नै रहेको छ।
राज खड्का र जुना सुन्दास अभिनीत भिडियोमा उनीहरुले त्यत्ति राम्रो प्रस्तुती भने दिन सकेनन्। यसकारण गीत राम्रो भएतापनि भिडियो भने त्यत्ति राम्रो देखिएको छैन। सुवास नेपाल निर्देशीत भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।