आज:  | Thu, 28, Sep, 2023

सुवास जिसी निर्देशीत चलचित्र ‘फल्ट’ बन्ने

२०७४, १८ माघ बिहीबार १२:०५ मा प्रकाशित ( ५ साल अघि) ३४६१३ पाठक संख्या

सुवास जिसीको नयाँ चलचित्र ‘फल्ट’ बन्ने भएको छ। मंगलबार गरेको पत्रकार सम्मेलनमा चलचित्रले समाजमा आफूलाई सभ्य भनिएका व्यक्तिले नकरात्मक काम गर्दा समाजमा पर्ने प्रभाव बारे निर्देशक जिसीले बताए। सोही कार्यक्रममा चलचित्र ‘फल्ट’ निर्माणको घोषणा गरिएको हो।

पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ पनि सो सम्मेलनमा उपस्थित थिए। नेता सुवासचन्द्र नेम्वाङले नेपाली राजनीतिको उदाहरणसँग जोडेर चलचित्रको बारेमा व्याख्या गरे।

सन्तोष काफ्लेको लगानी रहेको चलचित्र उनको आफ्नै कथा छ। बासु बरालको छायांकन रहेको चलचित्रमा देवराज अधिकारी, सगुन पोखरेल, निशा श्रेष्ठ, अनिल थापा र शुभ आचार्यको मुख्य भुमिका रहने छ। अब आउँदो वैशाखको तेस्रो साता तिर प्रदर्शनी आउने निर्माण टोलीले जनाएको छ।

खबर एक्सप्रेस