आज:  | Sat, 10, Dec, 2022

रिलिज भयो बिपिन कार्किको नाकाको ट्रेलर (भिडियो हेर्नुस)

२०७४, १९ माघ शुक्रबार ०९:१५ मा प्रकाशित ( ४ साल अघि) ३१२३१ पाठक संख्या

नायक बिपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘नाका’को ट्रेलर आज काठमाडौँको दरबार मार्ग स्थित राइजिङ महलमा एक कार्यक्रम गरि सार्बजनिक गरिएको छ । हरेक चलचित्रमा आफुलाई फरक अवतारमा प्रस्तुत गर्न रुचाउने बिपिन यस चलचित्रमा पनि सफल देखिएका छन् । ट्रेलरका अनुसार बिपिन यस चलचित्रमा नाकाको एक गोल्डि पात्रको रुपमा रहेको देख्न सकिन्छ ।
ट्रेलर संगै आजको कार्यक्रममा नाकाको एक मोबाइल गेम पनि लन्च गरिएको थियो ।

,
नाकामा हुने बिभिन्न अबैध धन्दा र गुण्डागर्दीको बिषयलाई चलचित्रको ट्रेलरमा देखाइएको छ । बिपिन कार्की, थिन्ले लाह्मो, रोबिन तामाङ, शिब मुखिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् भने प्रभिन कर्किले यस चलचित्र निर्माण गरेका हुन।

खबर एक्सप्रेस