आज:  | Fri, 12, Apr, 2024

रजनीकान्त-अक्षय कुमारको २.० पुन: स्थगित, अप्रिलमा नि नआउने

२०७४, १९ माघ शुक्रबार १२:१८ मा प्रकाशित ( ६ साल अघि) ३३१७० पाठक संख्या

शंकरको २.० लामो समयदेखि न्यूजमा रहेको छ। प्रतिभाशाली स्टारहरु देखि भि.एफ.एक्स र अक्षय कुमारको नयाँ लुकले, रजनीकान्तको चलचित्रमा सबैको ध्यान खिचेको छ। तर त्यो भन्दा पनि, चलचित्रको प्रदर्शनी मितिले सबैलाई पहेलीमा छोडेको छ।

चलचित्र, जुन २०१७ को दिपावलीमा प्रदर्शन हुने भनिएको थियो, पछि केही भि.एफ.एक्स को काम बाँकी छ भन्दै जनवरी २०१८ मा मिति धकेलिएको थियो। तर फेरि पनि निर्माताहरुले भनेको बाचा पूरा गर्न सकेनन्, र चलचित्र पुन: अप्रिलमा स्थगित गरियो।

अहिले फेरि चलचित्र ‘२.०’ अप्रिलमा नि रिलिज नहुने भएको छ। व्यापार विश्लेषक सुरेन्द्र एम.के. ले बलिउडलाईफलाई चलचित्र केही महिना पछि सारिएको बताए।

“चलचित्र अप्रिलमा रिलिज हुनेछैन। चलचित्र केही महिना पछाडि धकेलिएको छ। निर्माताहरुले अगस्टको दोस्रो साता तिर रिलिज गर्ने तयारी गरेका छन्।, ” उनले वेबसाइटमा बताए।

पोस्ट-प्रडक्सनको पूर्ण रुपमा जुलाईमा आउने आशा गरिन्छ, र निर्माताहरू अब अनुमानित साई-फाइ चलचित्रको लागि अगस्ट रिलीज देखिरहेका छन्।

व्यापार विश्लेषक रमेश बालाले पनि ट्विटरमा समाचार पुष्टि गरे।



रजनीकान्त तथा अक्षय कुमारका फ्यानहरुले आफ्ना मनपर्ने चिट्टी र खिलाडीलाई ठूलो पर्दामा हेर्न केही समय अझै पर्खन पर्ने भएको छ।

खबर एक्सप्रेस