आज:  | Wed, 06, Dec, 2023

बरु चलचित्र नै छोड्छु तर मलाई “गाउँले मान्छे मन पर्दैन” – नायिका साम्राज्ञी

२०७४, २० माघ शनिबार ०९:४१ मा प्रकाशित ( ५ साल अघि) ३४४१० पाठक संख्या

अन्तरवार्तामा सबैजसो कलाकारहरुले आफूलाई ‘भर्ससटाइल’ भन्न रुचाउँछन् । चलचित्रका नायक हुन वा नायिका आफू जुनसुकै भूमिकामा पनि अभिनय गर्न सक्ने दावी गर्छन् । धेरै कलाकारहरुले आफूलाई शहरीया जीवनशैलीदेखि गाउँले पात्रको भूमिका दुवैमा उतिकै फिट बनाउन सक्ने दावी गर्छन् ।

जसका कारण उनले एउटा चलचित्रको अफर नै अस्वीकार गरेकी छन् । उनले गाउँले भूमिका अस्वीकार गरेपछि अर्को कलाकारले अभिनयको मौका पाएकी छन् ।

निर्माता तथा निर्देशक अशोक शर्मा नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनले लामो समयपछि निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम भने तय भएको छैन । तर, कलाकारको नाम भने फाइनल गरिएको छ ।
अशोकले निर्देशन तथा निर्माण गर्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिदैछन् । यो चलचित्रका लागि शुरुमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरिएको थियो ।

तर, साम्राज्ञीले गाउँले भूमिका भएको भन्दै गर्न नमानेपछि स्वस्तिमालाई अफर गरिएको थियो । स्वस्तिमाले भने यो चलचित्रमा काम गर्ने पक्का भएको छ ।

यो चलचित्रको छायाँकन माघको अन्तिमबाट शुरु हुने जनाइएको छ । चलचित्रको कथा खगेन्द्र आफैले लेखेका हुन् । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी अशोकले गरेका छन् । चलचित्रको छायाँकन इलाम, विर्तामोडलगायतका स्थानमा गरिने जनाइएको छ ।

खबर एक्सप्रेस