आज:  | Fri, 22, Mar, 2024

“सम्बडी फक्कीङग् फीक्स दीस माइक” – अर्जित सिंहले स्टेज मै छाडा बोलेपछि…

२०७४, २० माघ शनिबार १२:१२ मा प्रकाशित ( ६ साल अघि) ३८९८१ पाठक संख्या

गायक अर्जित सिंहले लामो समयदेखि आफ्नो सुमधुर आवाजले धेरै प्रशंसकहरूको हृदयमा आफ्नो मार्ग बनाएका छन् । उनको यत्तिका गीतहरुमा सधैँ लाग्छ कि सिंहसँग हरेक भावनाको लागि सही शब्दहरु छन्।

इन्टरनेटमा भाइरल भएको एक भिडियोमा, गायक अर्जित सिंहले, निराशाको क्षणमा, कन्सर्टको बिचमा जोस्सिएर एक वाक्य बोल्छन्।  चलचित्र रक्स्टारको नादान परिन्देको केही लाईन गाएपछि सिंह चिच्च्याउछन्, “सम्बडी फक्कीङग् फीक्स दीस माइक”। माइक लुज भएको हुँदा गीत गाउदा गाउदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

जब कसैले बेग्रेको माइक बनाउदै थियो, उनले गीटार बजाउदै स्टेज वरीपरी घुम्यो र गीत गाउन फर्किए।

नादान परिन्दे, जुन खासमा मोहित चौहानले गाएका थिए, अर्जित सिंहलाई गाउन कठीनाई भएको छ। तर, ट्वीटरमा भने यस विषयलाई लिएर नयाँ जोक तथा व्याङ्गहरु हान्न कोइ पछि परेका छैनन्। केही यस्ता छन्:

https://twitter.com/filmeyshilmey_/status/953592144073142272

जे जस्तो भएपनि, भगवानले हामीलाई अझै राम्रा राम्रा अर्जित सिंहको गीतहरु दिदैँ गरुन् र अर्जितलाई राम्रो माइक।

खबर एक्सप्रेस