आज:  | Mon, 25, Sep, 2023

हेर्नुहोस्, कैट्रीना कैफको आगामी चलचित्रको लागि जोरदार नृत्य

२०७४, २१ माघ आईतवार १३:४० मा प्रकाशित ( ५ साल अघि) ३२६२२ पाठक संख्या

आफ्नो करियरको सुरुवात तिर डान्सको लागि संघर्ष गर्ने कैट्रीना कैफ, अहिले भने बलिउड अभिनेत्रीहरु मध्ये एक राम्रो डान्सरमा गनिन्छन्। पछिल्लो चलचित्र ‘टाइगर जिन्दा है’ लाई लिएर सलमान खान कैट्रीनाको चाल देखेर प्रशंसा गर्छन् र अहिले भने कैट्रीनाले नयाँ प्रोजेक्टको लागि आफ्नो प्रतिभालाई अझ तिखार्दै छिन्।

अनलाईनमा देखिएको भिडियोमा, कैट्रीनालाई एकदम जोरदार नृत्य गरेको देख्न सकिन्छ। उफ्रिदै र बिच हावामा मोडिदैँ, अभिनेत्रीले कठिन चालहरु पनि सजिलैसँग पार गरेको देखिन्छ। वास्तवमा, उनको सरलै गरेको चाल हेर्दा बेलारीना जस्तो देखिन्छ र उनी अझै बलियो हुदैँ डान्स विभागमा अझ मिहिनेत गर्दैछिन्।

https://www.instagram.com/p/BeqVv73jHDW

View this post on Instagram

Rewind and repeat ….. #thugslife 🌟💃🦄

A post shared by Katrina Kaif (@katrinakaif) on

खबर एक्सप्रेस