आज:  | Thu, 21, Sep, 2023

रिलिजको आठौ महिना पछि पनी दर्शकको यस्तो साथ्

२०७४, २१ माघ आईतवार ०३:२७ मा प्रकाशित ( ५ साल अघि) ३४५४० पाठक संख्या

सिड्नीको हर्षभिल स्थित सिभिक थियटरलाई अन्य सिनेमा घरभन्दा फरक मानिन्छ । सरकारी स्वामित्वमा संचालित भएका कारण पनि सिभिकलाई प्राईभेट सिनेमा जस्तो तरिकाले हेरिदैन । जुन थियटरमा फिल्म हेर्न जाने दर्शक कमी हुन्छन् भन्ने गरिन्छ । तर,यस किसिमको तर्कलाई प्रेम गीत २ ले गलत साबित गरेको छ ।

सिभिकमा शनिबार ‘प्रेम गीत २’को पहिलो शो हाउसफुल भएपछि सिभिकका टेक्निसियन समेत दंग परे । उनी अफ रेकर्डमा कुरा गर्दै तल दर्शक देख्दा आफुलाई एमसिआरमा काम गर्न नर्भस अनुभब भएको प्रतिकृया दिए । उनी हरेक साता थियरमा प्रदर्शन हुने हरेक समुदायको फिल्मको शोको लागि प्राबिधिकका रुपमा काम गर्छन् । तर,उनले काम गरे देखि नै फिल्म शो मा अहिले सम्मकै धेरै दर्सक देखेको बताए ।

फिल्ममा अंग्रेजी सबटाईटल रहेकाले पनि फिल्म मन परेको बताए । नाम नलेख्ने सर्तमा र उनले अफ द रेकर्ड कुरा गरेका हुन् । उनलाई फिल्म बारे क्यामरामा नै बोल्न मन भएको तर,राज्यको कर्मचारी भएका हिसाबले बिना अनुमति क्यामरामा बोल्न नमिलने बताए ।

Ktmreports.com

खबर एक्सप्रेस