आज:  | Fri, 08, Dec, 2023

प्रियंका कार्की को मुख्य भुमिकामा बन्दै नयॉ फिल्म अध्कट्टी का निर्देशक हुनेछन फिल्मका क्याप्टेन..

२०७४, २१ माघ आईतवार ०८:०७ मा प्रकाशित ( ५ साल अघि) ३२२४८ पाठक संख्या

Aku

सञ्चारकर्मी सुव्रतराज आचार्यले चलचित्र ‘सुश्री सम्पत्ति’ निर्देशक गर्ने घोषणा गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहमा आचार्यले चलचित्रको शीर्षकसहित कलाकार तथा प्राविधिकहरु समेत सार्वजनिक गरे ।राउल इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त चलचित्रका निर्माता रमेश त्वयना हुन् । चलचित्रमा सलोन बस्नेत, सारा शिर्पाइली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराज पौडेल, जयनन्द लामा, बिरासद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्का, रोशनी कार्की, रन्जीत कोइराला, बिनोद पौडेल, सन्तोष खनाल आदि कलाकारले अभिनय गर्दैछन् । चलचित्रमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा प्रस्तुत हुनेछिन् ।

संगीतकार सुरेश अधिकारीको शब्द तथा संगीत रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहने छ । राजन ईशानको संगीत संयोजन रहने चलचित्रमा भरत रेग्मीको सम्पादन रहने छ भने अभिमन्यू निरवीको पटकथा रहने छ । चलचित्रको संवाद भने निर्देशक आचार्य तथा लेखक निरवीले तयार पारेका छन् । चलचित्रको कथा निर्देशक आचार्यले नै तयार पारेका छन् ।

खबर एक्सप्रेस