आज:  | Mon, 15, Apr, 2024

अभिनेता ऋतिक रोशन र टाइगर श्राफ एक साथ चलचित्र मा के कस्तो छ त भुमिका..

२०७४, २१ माघ आईतवार १६:०३ मा प्रकाशित ( ६ साल अघि) ३३२६२ पाठक संख्या

एजेन्सी/ बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ एकसाथ पर्दा सेयर गर्ने भएका छन् । फिल्म निर्माता सिद्धार्थ आनन्दले बनाउन लागेको फिल्ममा यी दुई एक्सन अभिनेतालाई एकसाथ पर्दा सेयर गरेको देख्न पाइने छ । अगस्टबाट छायङ्कन शुरु हुने फिल्मको नाम भने खुलाइएको छैन ।

सन् २०१९ को अक्टोबर २ मा रिलिज हुने फिल्ममा बानी कपुर पनि देखिने छिन् । फिल्मको छायांकन सन् २०१९ को फेब्रुअरीको गान्धी जयन्तीको दिनमा सकिने निर्माण पक्षले बताएको छ । फिल्ममा ऋतिक रोशनलाई टाइगर श्राफको पिताको रुपमा देख्न सकिने छ । टाइगर र आनन्दले हालै मात्र ‘सिल्भर स्टालोन’को हलिउड फिल्म ‘रेम्बो’मा एकसाथ काम गरेका छन् ।

 

खबर एक्सप्रेस