आज:  | Fri, 01, Dec, 2023

“कान्छी” को आज जन्मदिन

२०७४, २२ माघ सोमबार ०३:४६ मा प्रकाशित ( ५ साल अघि) ४७३९२ पाठक संख्या

आज फेब्रुअरी ०५ चलचित्र “कहाँ भेटिएला” बाट नेपाली रजतपटमा आएकी नायीका स्वोता खड्का को आज जन्म दिन परेको छ। उनलाई चलचित्र”कहाँ भेटिएला” मा श्री कृष्ण श्रेष्ठले ल्याएका हुन। चलचित्र “कहाँ भेटिएला” को सफलता सङगै स्वोताले अरु थप फिल्म पनि खेलिन तर खासै चर्चा कमाउन सकिनन। श्रीकृष्ण र स्वोता बिबाह बन्धनमा बाधिए पछि दर्शकले श्रीकृष्ण श्रेष्ठ र उनको जोडि दोश्रो पटक “कोहिनुर” मा देख्न पाए तर रीलिज को केहि दिन अगाडी श्रीकृष्ण श्रेष्ठको निधन ले उनको जीवन झन ठूलो धक्का पुग्यो। हाल उनले लामो समयको अन्तराल पछि चलचित्र जगतम फेरि “कान्छी” नामक चलचित्र लिएर आएकी छिन। चलचित्रमा दयाहङ राई र उनको मुख्य भुमिका रहेको छ साथै चलचित्र फागुन ०४ बाट देशभर प्रदशनमा आउने बताइएको छ। उनलाई र उन्को चलचित्रले सफलता प्राप्त गरोस दूधको दूध पानीको पानी तर्फबाट शुभकामना।

खबर एक्सप्रेस