आज:  | Thu, 28, Sep, 2023

“शेरबहादुर”दर्शकको साथ नपाए पनि तारिफ योग्य

२०७४, २२ माघ सोमबार ०५:३६ मा प्रकाशित ( ५ साल अघि) ३२५६५ पाठक संख्या

माघ १९ गते बाट प्रदर्सनमा आएको नेपाली कथानक चलचित्र “शेरबहादुर” ले खासै दर्शक नपाएता पनि हल सम्म पुगेका दर्शकहरु बाट राम्रो प्रसंशा पाएको छ। धिराज राजबन्शी द्वारा निर्माण गरिएको उक्त चलचित्रमा निर्देशन भने आर. राजबन्शीको रहेको छ। चलचित्रमा मुख्य भुमिकामा सुनिल थापा,कर्मा, मेनुका प्रधान र रबिन्द्रा झा को रहेको छ।

लामो समयको अन्तराल पछि फिल्ममा देखिएका सुनिल थापा को अभिनयको दर्शकले खुलेरा तारिफ गरेका छ्न साथै मेनुका प्रधान,कर्मा अनि रबिन्द्रा झा को अभिनय पक्ष पनि बेजोड पाइन्छ।पूरा फिल्म अभिनयको हिसाबले दरिलो रहे पनि फिल्मले खासै दर्शक पाएन सायद चलचित्रको प्रचारप्रसारको कमि भएर होला।

खबर एक्सप्रेस