आज:  | Tue, 26, Sep, 2023

चलचित्र ‘हु्र्रे’ को ट्रेलर सार्वजनिक

२०७४, २४ माघ बुधबार ११:५३ मा प्रकाशित ( ५ साल अघि) ३३२२५ पाठक संख्या

माघ २४। निर्देशक यम थापाको निर्देशनमा बनेको चलचित्र ‘हुर्रे’ को ट्रेलर आज सार्वजनिक भएको छ। राजधानीको एक कार्यक्रममा चलचित्र निर्माण टोलीले हुर्रेको ट्रेलर सार्वजनिक गरेको हो।

आगामी फागुन २५ गते देखि प्रदर्शन गरिने भनिएको यस चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, विजय बराल, अंकित खड्का र राजाराम पौडेललाई मुख्य भुमिकामा रहेको देखिएको छ।

ट्रेलर हेर्दा सबै केटालाई फसाएर मायाको नाटक गरेको केकी अधिकारीले चलचित्रमा सिताफल नामको पात्र निर्वाह गरेका छन्। चलचित्र दावा शेर्पा ‘सेट्टी’, सोनम लामा ब्लोन, छेँरीङ्ग डोर्जे लामाको लगानीमा बनेको छ भने अरुन सेदाईको सहलगानी रहेको छ।

शिव ढकालको छायाँकन रहेको चलचित्रमा चन्दन दुत्ताले सम्पादन गरेका छन्। काली प्रसाद बास्कोटा र राजन राज शिवाकोटीको सँगित रहेको हुर्रेमा कथा, स्क्रिनप्ले र डाईलग पनि निर्देशक यम थापा आफैँको हो।

खबर एक्सप्रेस