चलचित्र ‘पशुपति प्रसाद’ को सफलता पछि चर्चित बनेका कलाकार खगेन्द्र लामिछानेको अहिले भने नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को निकै चर्चा रहेको छ। चलचित्रको नामले नै प्रष्ट गर्दछ कि यो चलचित्र नेपालको राष्ट्रिय खेल मध्ये एक डण्डीबियोको माथि रहेको छ।
‘डमरुको डण्डीबियो’ को पोष्टर
भर्खरै रिलिज भएको यस चलचित्रको पोष्टरमा कलाकार खगेन्द्रलाई डण्डीबियो खेलिरहेको देखाइएको छ। चेतन गुरुङको निर्देशनमा बनेको ‘डमरुको डण्डीबियो’ मा खगेन्द्र लामिछाने साथसाथै अंकित खड्का, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, लक्ष्मी बर्देवा र बुद्धि तामाङ पनि अभिनित छन्।
प्रदर्शनी मिति घोषणा नगरिएको यस चलचित्र हरि हुमागाँइको छायांकन, प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको सँगीत र समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ। चलचित्रको लेखन पनि अभिनेता तथा लेखक खगेन्द्र लामिछाने आफैँको नै रहेको छ।