छविराज प्रोडक्सन तथा गुण सिनेमा प्रा.लि को प्रस्तुतीमा शिल्पा पोख्रेलको मङ्गलम को ट्रेलर काठमाडौमा एक कार्य!क्रम बिच आज सार्बजनिक भएको छ। गोबिन्दा फुयालको कथा रहेको तथा नबल नेपाल द्वारा निर्देशन गरिएको उक्त फिल्ममा ट्रेलर हेर्दा पारिवारिक कथा झल्काइएको पाइन्छ। मिथिला शर्मा, नीर शाह, शिल्पा पोख्रेल,पुस्पा खड्का र पृथ्वीराज प्रसाईं को मुख्य भुमिका रहेको उक्त चलचित्रमा अहिलेकै हिट नायिका साम्राग्य राज्य लक्षिमी को पनि भुमिका रहेको ट्रेलर हेर्दा थाहा हुन्छ। के साम्राग्य यस फिल्मको मुख्य पात्र हुन त त्यो हेर्न भने हामीले फाल्गुन २५ गते कुर्न पर्ने हुन्छ। यस फिल्मको पर्ख पर्ख मायालु बोलको गीत ले भने अत्याधिक चर्चा बटुली सकेको छ।