आज:  | Sat, 10, Dec, 2022

मिस युनिभर्स सुस्मिता सेन बलिवूडमा कमब्याक हुने तयारीमा

२०७४, २५ माघ बिहीबार १४:४६ मा प्रकाशित ( ४ साल अघि) २७१६८ पाठक संख्या

विकिपिडिया अनुसार १९७५ नोभेम्बर १९ मा जन्म भएकी सुस्मिता सेन सन २०१० को हिन्दी चलचित्र ‘नो प्रोब्लम’ मा देखिएकी लगतै बलिवूड बाट हराएकी छिन। सन १९९४ मा मिस युनिभर्स सुस्मिता पछिल्लो केही वर्षदेखि राम्रो कथाको खोजीमा छिन् ।
बलिउडको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफू विगत केहि वर्षदेखि राम्रो पटकथाको खोजीमा भएको बताइन् । उनले भनिन ‘मलाई लाग्छ, जिन्दगीको ६ महिना फिल्मका लागि छुट्याउन तयार छु तर यसको अर्थ यो होइन कि, मेरा लागि राम्रो पटकथा पनि तयार छ’, उनले भनिन्, ‘मलाई स्टार बन्नु थिएन, बरु दर्शकसँग जोडिइराख्नु थियो ।’
उनले आफू दर्शकसँग पहिले को जसरी जोडिने बाटोको खोजी गरेको बताइन् । आफ्नो महत्वाकांक्षा फिल्म स्टार नभएको तर दर्शकको मन छुने भएको उनले बताइन् । ‘खुुशी छु, भगवानले मलाई अभिनेत्री बन्ने मौका दिए ।’ उनले भनिन् ।
यस बीचमा उनले बंगाली फिल्ममा पनि अभिनय गरेकी थिइन् तर बलिउडमा भने अहिले उनको ग्याप भएको लामो समय बितिसकेको छ। उन्को यो लामो समय को अन्तार पछि कुन फिल्ममा कस्तो भुमिका मा आउने हुन र दर्शकले कती रुचाउने हुन? त्यो भने हेर्न बाकी नै छ।

खबर एक्सप्रेस