आज:  | Sat, 20, Apr, 2024

दिपिका जस्तै करिना बायोपिकमा: जयपुरको महारानि बन्ने

२०७४, २६ माघ शुक्रबार ०३:२५ मा प्रकाशित ( ६ साल अघि) ३२९३२ पाठक संख्या

मुम्बाइ।कुनै समय शाहिद कपुर सङ्ग प्रेममा रहेर चर्चा बटुलेकी तथा शैफ अलि खान सङग बिबाह गरेर दोस्रो पत्नी को रुपमा खासै चर्चामा नरहेकि करिना कपुर ले आफू ठूलो पर्दामा महारानी को भुमिका मा आउन चाहेको बताएकी छिन।
मुम्बईमा सम्पन्न एक फेसन वीकमा उनका पति शैफअली खान शो स्टपरको रुपमा -याम्पमा हिँडेका थिए। सोही कार्यक्रमको दौरानमा उनले आफू ऐतिहासिक महारानीको भुमिकामा पर्दामा आउन चाहेको खुलाएकी हुन्।

भारतीय मिडियाहरुले जनाएअनुसार करीना जयपुरकी महारानी गायत्री देवीको भुमिका गर्न चाहन्छिन्, जसलाई कसैले पनि पर्दामा उतारेका छैनन्।

बलिउडमा आजकाल धेरै बायोपिक बन्ने गरेपनि करीनाले आजसम्म कुनैपनि बायोपिकमा काम गरेकी छैनन्। यदि उनले यो फिल्ममा काम गरेको खण्डमा उनको यो नै पहिलो बायोपिक फिल्म हुनेछ।

खबर एक्सप्रेस