प्रत्येक बर्षझै यस बर्ष पनि लमजुङ उद्योग बाणिज्य सङ्ग को आयोजनमा लमजुङमा यहि आउदो माघ २९ गते देखि लमजुङ महोत्सव हुने भएको छ। लमजुङको कृषि,उधोग,ब्यापार,कला,हस्तकला विभिन्न जातजातीको भेषभुसा,पर्यटन प्रबधन तथा जातीय पहिचान जोगाइनका निम्ति उधोग बाणिज्य सङगले यस बर्ष पनि यस महोत्सवको आयोजना गरेको हो। लमजुङको बेशिसहर स्थित दनाइ फाट्मा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
महोत्सब स्थल दनाईफाँटमा अहिले स्टल निर्माण, मनोरञ्जनका विभिन्न साधनहरु निर्माण गर्ने, कम्पाउण्डिङ लगायतका कार्यहरु अन्तिम चरणमा पुगेका छन् । जिल्लामा उद्योग, ब्यापार, जलबिद्युत पर्यटन, तथा कृषिको प्रबद्र्धन तथा लमजुङको कला संस्कृतिको संरक्षण संवद्धर्न गर्ने र सुरक्षित तथा ब्यबस्थित बजार विकास गरि सामाजिक, आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका महोत्सव आयोजना गरिएको संघका बेसीशहर ईकाई अध्यक्ष एवं महोत्सब मुल समारोह समितिका संयोजक प्रदिप बस्नेतले जानकारी दिए । यसका साथै, जिल्लाको परम्परागत कला संस्कृतिको जगेर्ना, ब्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग जलबिद्युत क्षेत्रमा लगानीमैत्री वातावरण सृजना गर्दै स्थानीय ब्यापार ब्यवसायलाई प्रबद्र्धन गर्न सुरक्षित तथा ब्यवस्थित बजार बिकास गरी जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ बेसीशहर इकाइले महोत्सवको आयोजना गरेको लउवा संघका अध्यक्ष राजेश थापाले जानकारी दिए ।
साथै उक्त महोत्सवमा अहिलेका चर्चित कलाकारहरु ज्योती मगर,पशुपति शर्मा, राधिका हमाल, शिव परियार,रामजि खाण तथा हास्य कलाकार जोगिन्दर मुलाको साग र अन्य थुप्रै कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएका छ्न।
साथै महोत्सव भने २९ गते देखि फाल्गुन ०८ गते सम्म हुने भएको छ।