आज:  | Fri, 01, Dec, 2023

७० लाख अपुग हुदा पनि गरे धुर्मुशले बस्ती हस्तान्तरण

२०७४, २६ माघ शुक्रबार ०७:३२ मा प्रकाशित ( ५ साल अघि) ३४५४१ पाठक संख्या

हास्या टेलिशृन्खाला मेरी बास्यै बाट स्थापित भएका धुर्मुस”सिताराम कट्टेल” र सुन्ताली”कुन्जाना घिमिरे” हाल देश निर्माणमा लागि परेका छ्न। देशका विभिन्न ठाउँ हरुमा नमुना बस्ती बनाउदै हस्तान्तरण गर्ने क्रममा अहिले उनिहरुले रोउतहट सन्तपुर नमुना बस्ती हस्तान्तरण गरेका छ्न। नमुना बस्ती बनाउने क्रममा आइपरेका विभिन्न बाधा अड्चनका बाबजुद पनि उनि हरुले २३ गते उक्त बस्ती हस्तान्तरण गरेका हुन। सिताराम कट्टेलले आफ्नो धुर्मुस सुन्तली फाउन्डेसन बाट करोडौं रुपिया खर्छ गरेर उक्त बस्ती निर्माण गरेका हुन। उन्ले उक्त बस्ती हस्तान्तरण गर्ने बेला सम्म करिब ७० लाखको अपुग भएको सामाजिक सन्जाल फेसबूकमा लेखेका छ्न। उन्ले लेखेका छ्न”७० लाख अपुगको बाब्जुद पनि निर्धारित समय भन्दा अगावै नै हिजो ( २३ गते) नमुना बस्ती हस्तान्तरण गर्न सफल भइयो! हस्तान्तरण समारोहमा पाल्नु हुने सम्पुर्ण महानुभाब हरु लाई बिशेश धन्यवाद एबम मनै देखि आभार ! साथै अभियानमा साथ दिनु हुने सम्पुर्ण सहयोगि मन , सुभचिन्तक ज्यु हरुमा मा हृदय देखि नमन गर्न चाहन्छु! र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दछु !”
देशमा केहि समय अगाडि आएको भुकम्प बाट आफ्नो सर्बस्व गुमाएका पीडितहरुको निम्ति आज देशले देखेर पनि नदेखेको जस्तो गरिरहेको अबस्थामा उनीहरुले पीडितले पाउनु पर्ने गाँस बाँस जुटाइ रहेका छ्न। गरिबीको रेखा मुनि रहेका नेपाली जनता तेसमाथी दैबिक प्रकोपमा परि टहरामा समेत बस्न नपाएकाहरुको लागि तथा सम्पुर्ण देशबासीहरुको निम्ति उनिहरुको काम अतुलनीय छ। आज देशले काचुली फेर्न पर्ने अबस्थामा देसका जिम्मेवारी लिएर निवासमा बस्ने नेताहरुले यो सब देखेर पनि आँखा चिम्लेर बसिरहेका छ्न। एउटा देश निर्माणमा हिडेको सच्चा युवा जस्ले देशको ढुकुटी बाट १ रुपैया सहयोग पाउदैन तर एक नेता जस्ले जन्मे देखि देसको ढुकुटी रिताइरहेको छ उस्ले सगरमाथा आरोहण गर्दा पनि देसकै ढुकुटी बाट चड्छ। अब हामी सबैले बिचार गर्ने दिन आएको छ समर्थन कस्लाइ गर्ने भनेर??

खबर एक्सप्रेस