आज:  | Mon, 15, Apr, 2024

अस्ट्रेलियाको गर्मीमा अश्लेषाको तिघ्राको ट्याटु

२०७४, २७ माघ शनिबार ०५:०३ मा प्रकाशित ( ६ साल अघि) ४४९५६ पाठक संख्या

प्रदिप खड्का अभिनित चलचित्र प्रेम गीत २ बाट एकाएक चर्चाको शिखरमा पुगेका अभिनेत्री अश्लेषा ठकुरी अहिले अस्ट्रेलियाको सिड्नीमा छिन्। अश्लेषा सहित प्रेम गीत २ को निर्माण टोली प्रेम गीत २ को प्रदर्शनका लागि सिड्नी आइपुगेका हुन्।

कलिउड क्लब, सिड्नीमा आधारित एक कार्यक्रम व्यवस्थापन समूहले, उक्त चलचित्र आयोजना गरेका हुन्। प्रेमको महिना मानिने फेब्रुअरी महिनामा गरिएको पहिलो शो फेब्रुअरी ३ गते सफलता पूर्वक सम्पन्न भइसकेको छ। अब भने प्रेम गीत २ को दोस्रो शो बाँकी रहेको छ, जुन प्रेम दिवसको दिन फेब्रुअरी १४ गते प्रदर्शन गरिने घोषणा गरिएको छ।

यस बिच अभिनेत्री अश्लेषा ठकुरीले सिड्नीको गर्मीको भरपुर मनोरञ्जन लिँदै आफ्नो तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छिन्। फेसबुकमा सेयर गरेका तस्बिरहरुमा उनको दायाँ तिघ्रा भरिने गरी खोपेको फूलको बुट्टा देखिन सकिन्छ। यसै गरी उनीले फेसबुकमा सिभिक थियटर, हर्स्टभिल्ले सिड्नीमा सम्पन्न आफ्नो पहिलो शोको सफलताको खुशी व्यक्त गर्दै दर्शकहरुलाई धन्यवाद दिएका छन्।

गत अगस्टमा रिलिज भएको, प्रेम गीत २ नेपालको सबैभन्दा बढी कमाउने र चर्चित चलचित्र मध्ये एक हो। राम शरण पाठक द्वारा निर्देशित, यो चलचित्र आशुसेन फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो। निर्माता सन्तोष सेन निर्मित, प्रेम गीत २ मा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भुमिकामा रहेका छन्। खड्का र ठकुरी बाहेक, चलचित्रमा अरु कलाकार मध्य अभिनेता कैलाश कटुवाल, कविता रेग्मी र सन्तोष सेन पनि अभिनित छन्।

सिड्नीमा हुन गइरहेको यस चलचित्रको शोको टिकट शुल्क २५ डलर राखिएको छ।

खबर एक्सप्रेस