आज:  | Fri, 29, Mar, 2024

सिनेमा हलमा ‘कृ’ को पर्दा‌मा ‘शत्रु गते’

२०७४, २८ माघ आईतवार १२:५४ मा प्रकाशित ( ६ साल अघि) ३६२४४ पाठक संख्या

सिनेमा हलमा प्रदर्शनरत चलचित्र ‘कृ’ का दर्शकहरुमाझ चलचित्र ‘शत्रु गते’ को टिजर सार्वजनिक भएको छ। अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को माध्यमबाट ‘शत्रु गते’ को प्रचारप्रसार निकै नै रचनात्मक ढंगले गरिएको छ भने यसको टिजर अहिलेलाई भने ‘कृ’ को दर्शकमाझ मात्र सिमित छ। अहिलेलाई भने ‘शत्रु गते’ निर्माण पक्षले चलचित्रको टिजर सिनेमा हलमा मात्र देखाइने निर्णय गरेको छ। यसको टिजर चाडैँ नै युट्युबमा अपलोड गरिने भनिएको छ।

निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको यस चलचित्रमा काली प्रसाद बास्कोटा तथा टंक बुढाथोकीको सँगीत र टंक बुढाथोकी, मिना निरौला साथै काली प्रसाद बास्कोटाको स्वर रहेको छ।

चलचित्र ‘शत्रु गते’ चैत्र ९ गतेबाट प्रदर्शनमा आउने छ। दिपक राज गिरी, दिपा श्री निरौला, नरेन्द्र कंशकर, शिव हरी पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्य गरि कुल ६ जनाको लगानीमा बनेको चलचित्रमा हरि बंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपक राज गिरी, दिपा श्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा आदि जस्ता थुप्रै स्टारहरु अभिनित छन्। यसै कारणले पनि चलचित्र हिट हुने निश्चित जस्तो देखिन्छ।

खबर एक्सप्रेस