पछिल्लो समय चलचित्रका गीत मात्र होइन म्युजिक भिडियो निर्माणमा पनि निकै खर्च गर्न थालिएको छ । उत्कृष्ट म्युजिक भिडियो बनाउन बिदेशका बिभिन्न भुमिका समेत छायाँकन हुने गरेका छन् ।
यस्तै करिब 6 लाख खर्च गरेर अष्ट्रेलियामा छायाँकन गरिएको ‘म सधै ’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’को अवसर पारेर यो गीत भिडियो सहित सार्वजनिक गरिएको छ ।
माया प्रेमका थिममा निर्माण गरिएको भिडियोमा सुरभी मानन्धर र सतीस मानन्धर प्रेमी प्रेमीकाको रुपमा देखिएका छन् । म्युजिक भिडियो सन्दीप श्रेष्ठले निर्देशक गरेका हुन् ।
सुवानी मोक्तानको शब्द तथा संगीत रहेको गीतमा सुवानी र कमल खत्रीको स्वर रहेको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो सौरभ मानन्धरले छायाँकन गरेका हुन् ।