आज:  | Thu, 28, Sep, 2023

चलचित्र दर्पण छायाँ २ ट्रेन्डीङ्ग १ मा

२०७४, १ फाल्गुन मंगलवार ०६:१३ मा प्रकाशित ( ५ साल अघि) ३६४८७ पाठक संख्या

चलचित्र दर्पण छायाँ युट्युबमा ५ दिन देखि लगातार ट्रेन्डीङ्ग नं. १ मा छ। पोहोर २०७३ साल फागुन २७ गते रिलिज भएको चलचित्र लगभग एक वर्ष पछि युट्युब मार्फत सार्वजनिक भएको छ।

दर्पण छायाँ को सिक्वेलमा बनेको ‘दर्पण छायाँ २’ माघ २५ गते युट्युब च्यानल बुद्ध सुब्बा मुभिजबाट युट्युबमा सार्वजनिक गरिएको हो। यो समाचार प्रकाशित गर्दा सम्म यस चलचित्र तेह्र लाखभन्दा बढी पटक हेरिएको छ।

तुलसी घिमिरे को निर्देशन रहेको ‘दर्पण छायाँ २’ मा उनी आफैँको लेखन रहेको छ। साबु गढाल कार्की र रबि कार्कीको लगानीमा बनेको चलचित्रको गीतहरुमा राजेश पायल, मेलिना राई, अशोक धमला, कर्म ग्यालजेन र शिव परियारको स्वर रहेको छ।

खबर एक्सप्रेस