आज:  | Fri, 24, Mar, 2023

आदत: सुमन केसीको नयाँ म्यूजिक भिडियो सार्वजनिक

२०७४, ३ फाल्गुन बिहीबार ०७:५८ मा प्रकाशित ( ५ साल अघि) ३०६२३ पाठक संख्या

सुमन केसीको स्वर रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो युट्युव च्यानल भावसागर इन्टरटेन्मेन्ट एलएलसीबाट सार्वजनिक भएको हो।

‘आदत’ म्युजिक भिडियोको एक झलक

‘आदत’ बोलको गीतको यस म्युजिक भिडियोमा मोडल पल शाह र सन्ध्या केसी रहेको छ। भ्यालेन्टाइन्स डे लाई लक्षित गर्दै यो रोमान्टिक गीत फेब्रुअरी १३ गते सार्वजनिक गरिएको हो।

अर्जुन अधिकारीको निर्देशनमा बनेको यस म्युजिक भिडियोलाई हरी हुमागाईले खिचेका हुन् भने ड्रोनको भाग अक्षय्ङ लामाले खिचेका हुन्। अम्बिका गुरुङको लेखन रहेको यस गीतमा सँगीत भने शंकर थापाको रहेको छ।

खबर एक्सप्रेस