आज:  | Wed, 27, Mar, 2024

आयो बागी २ को झलक ! नेपाली चलचित्रलाईं अफ्ठेरो पार्न सक्ने ।

२०७४, १० फाल्गुन बिहीबार ०४:१७ मा प्रकाशित ( ६ साल अघि) ३२६६१ पाठक संख्या

टाइगर श्रोँफ र दिशा पटानी अभिनित बहुप्रतिक्षित चलचित्र ‘बाघी २’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर हेर्दा टाइगरको आगामी चलचित्र ‘र्याम्बो’ को झलक देख्न सकिन्छ।

भिडियोमा, टाइगर श्रोँफलाई मनोज बाजपेयी र रणदीप हुडा लगायत अन्य धेरै दुश्मनहरुसँग लँडिरहेको देख्न सकिन्छ र श्रोँफलाई ‘वन म्याम आर्मी’ को रुपमा चित्रण गरिएको छ। चलचित्रमा टाइगरको प्रेमको रुचि, दिशा पटानीमाथि आक्रमण हुन्छ, जसले गर्दा श्रोँफलाई बदला लिने संकेत गर्दछ। चलचित्रमा निकै उच्च-अोक्टेन एक्शन अनुक्रम समावेश गरिएको छ, जुन टाइगर श्रोँफ भएपछि हामीले पक्कै पनि अपेक्षा गरेका थियौँ। पछिको भागमा, टाइगरले एक हराएको केटीलाई खोजी रहेको हामीले देख्छौँ र श्रोँफ यसको लागि कुनै पनि हद पार गर्नमा पछि पर्दैनन्। प्रतीक बब्बर पनि चलचित्रको भाग रहेको छ।

इन्टरनेट भरि चलचित्रको पोष्टर तथा टिजर फैलाएपछि, बलिउड कलाकारहरु जो जोडी रहेको हल्ला छ, टाइगर श्रोँफ र दिशा पटानीले चलचित्र ‘बाघी २’ को पहिलो ट्रेलर बुधवार दिउँसो सार्वजनिक गरे। बाघी २ को प्रमुख भूमिकाहरुमा मनोज बाजपेयी, रणदीप हुडा र दिपक दोब्रीयल पनि रहेका छन्। ट्रेलर, जुन अनलाईन मार्फत सार्वजनिक भएको छ, मसला चलचित्रलाई चाहिने सबै सामाग्री रहेको छ – एक्शन, रोमान्स, नृत्य, सँगीत, बदला र देशभक्ति।

बाघी २ ले पहिलो पटक दिशा र टाइगरलाई सँगै स्क्रिन ल्याएको छ। २०१६ को श्रध्दा कपुर र टाइगर श्रोँफको ‘बाघी’ को सिक्वेलमा चलचित्र ‘बाघी २’ बनेको हो।

नडियदवाला ग्राण्डसन इन्टरटेन्मेन्टले उत्पादन गरेको र फक्स स्टार स्टुडियोजले प्रस्तुत गर्न लागेको चलचित्र मार्च ३०, २०१८ मा रिलिज हुनेछ। हिरोपन्ती र बाघीको सफलता पछि एह्मद खान निर्देशित यस चलचित्र साजिद नडियादवाला र टाइगर श्रोँफको तेस्रो चलचित्र हो।

खबर एक्सप्रेस