प्रेम र गलतफेमीमा इरफान खानको आगामी चलचित्र ‘ब्ल्याक मेल’ को ट्रेलर रिलिज भएको छ। ट्रेलर निकै रमाईलो र अनौठो छ। यसमा इरफान खानको पात्रको नाम देव छ। भिडियोमा देखाइएको छ कि देव आफ्नो श्रीमतीलाई सर्प्राइज दिनको लागि अफिसबाट चाँडै घर पुगेको हुन्छ। तर घर पुग्ने बित्तिकै उसलाई शक लाग्छ, किनकी त्यहा थाहा हुन्छ कि उसको श्रीमतीको अफ्यर अरु केटासँग भइरहेको हुन्छ। यस स्थितिमा देवले न उसको श्रीमतीको हत्या गर्छ न उसको प्रेमीको, तर उसले एक अनौठो जुक्ति निकाल्छ। यद्दपी, यो प्लान फ्लप हुन्छ र उ आफै आफ्नो जालमा फस्छ।
अभिनय देवको निर्देशनमा बनेको चलचित्र ‘ब्ल्याक मेल’ मा इरफान खान बाहेक किर्ती कुल्हारी, अरुणोदय सिंह, दिव्या दत्ता, अोमी वैद्य, अनुजा साठे, प्रधुम्न सिंह मल, गजराज राव हरु जस्तो दमदार कलाकारहरु छन्। चलचित्रको ट्रेलरबाट यो क्लियर छ कि यसमा कमेडी भरपुर मात्रामा हुनेछ जसले तपाईँलाई हासोले लटपट गर्दिनेछ। टी-सीरीज मोसन पिक्चर्स र रमेश देव प्रडक्सन द्वारा निर्मित ‘ब्ल्याक मेल’ अप्रिल ६ गते रिलिज हुने भएको छ।