आज:  | Fri, 19, Apr, 2024

दिल रानी: चलचित्र ‘नेप्टे’ को गीत सार्वजनिक

२०७४, १२ फाल्गुन शनिबार ०६:३७ मा प्रकाशित ( ६ साल अघि) ५४८६५ पाठक संख्या

आगामी नेपाली चलचित्र ‘नेप्टे’ को नयाँ क्लब गीत सार्वजनिक भएको छ। गीतको बोल ‘दिल रानी’ रहेको छ।

दिल रानी गीतमा लोकप्रिय गायक उदित नारायण झा तथा गायिका सेलिना कुँवरको स्वर रहेको छ। यमनाथ मैनालीको शब्दमा लिखित यस गीतमा सन्तोष राजले सँगीत दिएका हुन्। रोहित रुम्बा र छुल्ठिम गुरुङ अभिनित यस गीतको भिडियोमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ भने भिडियो हरि घले लामाले खिचेका हुन्।

चैत्र ३० गते रिलिज हुने भनिएको चलचित्र ‘नेप्टे’ मा मुख्य कलाकारहरु दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जु गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा र अरुणा कार्की हुन्। देव कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘नेप्टे’ मा कथा र लगानी दुवै भने नायक रोहित रुम्बाको नै रहेको छ।

खबर एक्सप्रेस