आज:  | Fri, 01, Dec, 2023

चर्चित भारतीय अभिनेत्री श्रीदेवीको आकस्मिक निधन

२०७४, १३ फाल्गुन आईतवार ०६:१३ मा प्रकाशित ( ५ साल अघि) ३९४६१ पाठक संख्या

भारतको चर्चित अभिनेत्री श्रीदेवीको आकस्मिक निधन भएको छ। आफ्नो श्रीमान र कान्छी छोरीसँग वैवाहिक समारोहमा सामील हुन दुबई पुगेकी यी अभिनेत्रीको हृदयघाटका कारण निधन भएको हो।

झन्डै चार वर्षको उमेरमा चलचित्र क्षेत्रमा पाईला टेकेकी श्रीदेवीले अहिलेसम्म ३०० भन्दा बढी चलचित्रमा आफ्नो योगदान दिइसकेका छन्। सन् १९६३ अगस्ट १३ का दिन जन्म भएको यस अभिनेत्रीका जान्हवी र खुशी दुई छोरी छन् भने बोनी कपुरकी उनी दोस्री श्रीमती हुन्।

दक्षिण भारतीय चलचित्रबाट सुरुवात गरेपछि ‘सोलहवा साल’ मा मुख्य कलाकारमा रुपमा हिन्दी चलचित्रमा प्रवेश गरेकी श्रीदेवीले बिस्तारै निकै चर्चा पाएको थियो। निकै चर्चा रहेतापनि श्रीदेवी बिचमा चलचित्र क्षेत्रबाट टाढा रहेकी थिइन्। पछि सन् २०१२ देखि पुन: ‘इंग्लिश भिङ्गलिस’ चलचित्रबाट श्रीदेवी फिर्ता आएकी थिइन् भने अन्तिम चलचित्र ‘मम्’ गतवर्ष सार्वजनिक भएको थियो।

बलिउडको सबैभन्दा ठूलो कलाकार मध्य एक मानिने श्रीदेवीको अचानक निधन हुँदा बलिउडले ठूलो कला गुमाउनु परेको छ भने अहिले बलिउड क्षेत्र तथा उनका शुभचिन्तकहरु सबैलाई ठूलो धक्का पुगेको छ।

५४ वर्षे श्रीदेवीको निधन गत शनिबार (फेब्रुअरी २४) रातीको लगभग ११:०० बजे तिर भएको हो।

खबर एक्सप्रेस