आज:  | Sun, 14, Apr, 2024

‘मिस्टर भर्जिन’को रमाइलो ‘टुल्की’ गीत सार्वजनिक

२०७४, १३ फाल्गुन आईतवार ०९:२४ मा प्रकाशित ( ६ साल अघि) ३२४५२ पाठक संख्या

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार भिडियो सार्वजनिक गरिएको हो । काठमाडौँमा एक विशेष कार्यक्रमबिच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मिृती ढुङगाना, इलियन मरान्डाको अभिनय रहेको छ ।
https://youtu.be/5AhOoHFSbu8

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

खबर एक्सप्रेस